गण्डकीको मुख्यमन्त्रीमा पाण्डे

  • २०८१ जेष्ठ १६, बुधबार (५ महिना अघि)
  • १७६ पटक पढिएको
गण्डकीको मुख्यमन्त्रीमा पाण्डे

काठमाडौं– गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दल नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । सर्वोच्च अदालतको परमादेशपछि बुधबार दिउँसो पाण्डे मुख्यमन्त्री नियुक्त भएका हुन् ।

Advertisement

बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेलाई संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् । पाण्डे दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका हुन् ।

सर्वोच्च अदालतले ४८ घण्टाभित्र पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न सोमबार परमादेश जारी गरेको थियो । संविधानको धारा १६८ उपधारा २ अनुसार मुख्यमन्त्री नियुक्त भएका नेकपा (एमाले) संसदीय दल नेता खगराज अधिकारीले विश्वासको मत पाउन नसकेको ठहर गर्दै सर्वोच्चले पाण्डेलाई सोही धाराको उपधारा ३ अनुसार मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।

पाण्डे यसअघि २०८० वैशाख १४ गते पहिलो पटक गण्डकीको मुख्यमन्त्री नियुक्त भएका थिए । केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भएपछि गत चैत २१ गते उनले पदबाट राजीनामा दिएका थिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट