काठमाडौं– नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहीबारदेखि नयाँ भन्सार दरअनुसार मूल्य समायोजन गर्ने भएको छ । बजेटले सुनमा भन्सार दर बढाएसँगै तोलामै थप ६ हजारले वृद्धि हुने भएको हो ।
सुनमा भन्सार दर १५ प्रतिशत रहँदै आएकोमा बजेटले बढाएर २० प्रतिशत कायम गरेको छ । थप ५ प्रतिशत भन्सार दर बढ्दा सुन तोलामा थप ६ हजार महँगिने महासंघले जनाएको छ ।
नयाँ भन्सार दर लागू भएपछि सुनका प्रतितोला भन्सार दर मात्रै २६ हजार रुपैयाँ हुने महासंघको भनाई छ । बुधबार नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँ रहेको थियो ।
अन्तर्राष्ट्रिय बजार मूल्य, यहाँको भन्सार दर, अमेरिकी डलरको मूल्य लगायतको हिसाव गरेर मूल्य निर्धारण हुँदै आएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप