काठमाडौं- नेपालगञ्ज र धनगढीमा बुधबार (हिजो) ४३ डिग्री सेल्सियस तापक्रम पुगेको थियो । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार धनगढीको तापक्रम सबैभन्दा बढी ४३.३ डिग्री सेल्सियस मापन भएको हो । नेपालगञ्जको तापक्रम पनि ४२.८ डिग्री सेल्सियस पुगेको थियो ।
महाशाखाले ती दुई ठाउँमा आज पनि तापक्रम उच्च रहने पूर्वानुमान गरेको छ ।
महाशाखाले बिहीबार बिहान सार्वजनिक गरेको पूर्वानुमान अनुसार धनगढीको अधिकतम तापक्रम आज पनि ४३.३ डिग्री सेल्सियस र नेपालगञ्जको तापक्रम ४२.८ रहनेछ ।
काठमाडौँ उपत्यकाको तापक्रम बुधबारदेखि पुनः बढेको छ । गत मङ्गलबार २८ दशमलव पाँच डिग्री सेल्सियस तापक्रम मापन भएकामा बुधबार त्यो बढेर ३३ दशमलव तीन डिग्री सेल्सियस पुगेको थियो । आज यहाँको तापक्रम ३१देखि ३३ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान रहेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप