नागरिकका गुनासा सुन्न प्रहरीलाई गृहमन्त्री लामिछानेको निर्देशन

  • २०८१ जेष्ठ १९, शनिबार (५ महिना अघि)
  • १४७ पटक पढिएको
नागरिकका गुनासा सुन्न प्रहरीलाई गृहमन्त्री लामिछानेको निर्देशन

काठमाडौं – उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले काठमाडौंका तीन प्रहरी वृत्त (बौद्ध, गौशाला र महाराजगञ्ज) को अनुगमन गरेका छन् । गएराति अनुगमनका क्रममा उनले प्रहरी कार्यालयको कामकारबाही, जनशक्ति, कागजपत्रको व्यवस्थापन, प्रविधिको प्रयोग र समस्याबारे वृत्तका प्रमुखसँग जानकारी लिएका हुन् ।

Advertisement

उजुरी÷जाहेरीका प्रकृति र दैनिक आउने सङ्ख्या, अनुसन्धानका कठिनाइ, वृत्तमार्फत जाने मुद्दा तथा थुनुवा कक्षको क्षमता र अहिले रहेको सङ्ख्याबारे पनि जानकारी लिए । गृहमन्त्री लामिछानेले नागरिकका गुनासा तत्काल सुन्न, पीडितमैत्री व्यवहार गर्न र जिम्मेवारी निर्वाहमा गम्भीर हुन तीनवटै वृत्तका प्रमुखलाई निर्देशन दिए ।

नयाँ बसपार्क क्षेत्रको विशेष सुरक्षा योजना पाँच दिनभित्र पेस गर्न महाराजगञ्ज वृत्त प्रमुखलाई उनले निर्देशन दिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट