काठमाडौं– काठमाडौंमा स्रोत नखुलेको ७२ लाख नगदसहित दुई जना पक्राउ परेका छन् ।
शनिबार काठमाडौं महानगरपालिका– ९ स्थित लुम्बिनी खाजा घर तथा गेष्ट हाउसको रूम नम्बर २ बाट दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।
हुण्डी कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले भोजपुर पौवा डुग्मा गाउँपालिका घर भई न्युरोड बस्ने ५० वर्षीय भिमसेन विश्वकर्मा र १९ वर्षीय खेमराज विश्वकर्मालाई पक्राउ गरेको हो ।
उनीहरूबाट प्रहरीले ७२ लाख स्रोत नखुलेको रकम बरामद गरेको हो । प्रहरीले यसबारे थप अनुसन्धान अघि बढाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप