काठमाडौं– आज सेयर बजार दोहोरो अङ्कले बढेको छ । सेयर बजार परिसूचक नेप्से आज १३ दशमलव ५१ अङ्कले बढेर दुई हजार ८३ दशमलव शून्य चार विन्दुमा पुगेको छ ।
आज लगानी, उत्पादन र म्युचल फन्ड बाहेक सबै समूहको सेयर बढेकोमा व्यापार, बीमा, फाइनान्स समूहको सेयर उच्च अङ्कले उकालो लागेको छ ।
आज मल्टीप्रपोज फाइनान्स र मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन नारायणी विकास बैंकको सेयर भने नौ प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज तीन सय ३५ वटा कम्पनीका ९६ लाख ९७ हजार कित्ता सेयर चार अर्ब ३१ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनीको २२ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप