टी–२० विश्वकप क्रिकेटः नामिबियाको विजयी सुरुवात

  • २०८१ जेष्ठ २१, सोमबार (५ महिना अघि)
  • १६२ पटक पढिएको
टी–२० विश्वकप क्रिकेटः नामिबियाको विजयी सुरुवात

एजेन्सी– आईसीसी टी–२० विश्वकप क्रिकेटमा नामिबियाले विजयी सुरुवात गरेको छ । आज बिहान भएको ओमानसँगको खेल नामिबियाले सुपर ओभरमा जितेको हो ।

Advertisement

सुपर ओभरमा नामिबियाले तीन चौका र एक छक्का प्रहार गर्दै २१ रन बनाएको थियो । सुपर ओभरमा २२ रनको लक्ष्य पछ्याएको ओमानले एक विकेट गुमाएर मात्र १० रन जोडेपछि नामिबियाले खेल जितेको हो ।

यसअघि ओमानले दिएको १ सय १० रनको लक्ष्य पछ्याएको नामिबियाले ६ विकेटको क्षतिमा १ सय ९ रन बनाएपछि खेल सुपर ओभरमा गएको हो । टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको ओमानले १९ ओभर ४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९ रन बनाएको थियो ।

ओमानका लागि खालिद कैलले सर्वाधिक ३४ रन बनाए । नामिबियाका लागि रुबेन ट्रम्पेलम्यानले चार विकेट लिएका थिए । जवाफी ब्याटिङमा नामिबियाका लागि जान फ्राइलेंकले सर्वाधिक ४५ रन बनाए । अन्तिम ओभरमा पाँच रन आवश्यक भएको नामिबियाले दुई विकेट गुमाएर चार रन मात्र जोड्दा खेल सुपर ओभरमा पुगेको हो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट