हुरीका कारण चितवनमा १२ करोड रुपैयाँको केराखेतीमा क्षति

  • २०८१ जेष्ठ २१, सोमबार (५ महिना अघि)
  • १५८ पटक पढिएको
हुरीका कारण चितवनमा १२ करोड रुपैयाँको केराखेतीमा क्षति

चितवन– हुरीका कारण चितवनको केराखेतीमा ठूलो क्षति पुगेको छ । चितवन केरा उत्पादक सङ्घका अध्यक्ष माधवप्रसाद घिमिरेले केही दिनअघिको हुरीका कारण दुई हजार पाँच सय बिघा क्षेत्रफलको केरामा क्षति पुगेको जानकारी दिए ।

Advertisement

उनका अनुसार पूर्वी चितवनको रत्ननगर, कालिका र खैरहनी नगरपालिका लगायतमा लगाइएको ४० लाख ८७ हजार पाँच सय केराका बोटमा क्षति पुगेको छ ।

सङ्घका महासचिव जनक पन्तकाले हुरीका कारण १२ करोड रुपैयाँ बराबरको केरा नष्ट भएको प्रारम्भिक अनुमान रहेको जानकारी दिए । ७० जना व्यावसायिक किसानले लगाएको केरामा पूर्णरुपमा क्षति भएको छ भने अरुको आंशिक क्षति भएको उनले बताए । चितवनमा अहिले तीन हजार पाँच सय बिघा क्षेत्रफलमा केरा खेती गरिँदै आइएको छ । सात सय किसानले केरा खेती गरेका चितवन केरा उत्पादक सङ्घले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट