सेयर बजारमा सामान्य गिरावट

  • २०८१ जेष्ठ २१, सोमबार (५ महिना अघि)
  • १२० पटक पढिएको
सेयर बजारमा सामान्य गिरावट

काठमाडौं– सेयर बजार आज सामान्य घटेको छ । सेयर बजार आज तीन दशमलव ९७ अङ्कले घटेर दुई हजार ७९ दशमलव शून्य सात विन्दुमा झरेको छ ।

Advertisement

आज माइक्रोफाइनान्स बाहेक सबै समूहको सेयर घटेकोमा बीमा, उत्पादन, होटल समूहको सेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज एनआईबीएल स्टेबल फन्डको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर भने साढे नौ प्रतिशतले बढेको छ ।

आज तीन सय १६ वटा कम्पनीका ८८ लाख २० हजार कित्ता सेयर चार अर्ब ४० लाख रुपैयाँमा कारोबार भएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट