बालेन शाहले संयमता गुमाएको एमाले सचिव योगेश भट्टराईको आरोप

  • २०८१ जेष्ठ २२, मंगलबार (५ महिना अघि)
  • १४० पटक पढिएको
बालेन शाहले संयमता गुमाएको एमाले सचिव योगेश भट्टराईको आरोप

काठमाडौं– नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौं महानगरका मेयर बालेन शाहले संयमता गुमाएको आरोप लगाएका छन् ।

Advertisement

प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै एमाले नेता भट्टराईले बालेनलाई संयमता गुमाएर धेरै उत्ताउलो नहुन चेतावनी दिँदै नेताहरु जेल बसेको विषयलाई मजाकको विषय बनाएको आरोप लगाएका छन् ।

उनले नेताहरुलाई गाली गलौच गरेर आफ्नो सीमा ननाघ्न आग्रह गर्दै यो समाजलाई कता लादै हुनुहुन्छ भन्दै प्रश्न गरेका छन् ।

नेता भट्टराईले एमाले सबै प्रकरणमा छानबिन गर्न तयार रहेको बताउँदै आफुहरु आफ्ना नेतालाई छुट दिनुपर्छ भन्ने पक्षमा नरहेको बताएका थिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट