काठमाडौं– सेयर बजार आज सामान्य बढेको छ । सेयर बजार परिसूचक नेप्से आज ६ दशमलव २२ अङ्कले बढेर २ हजार ८५ दशमलव ३० विन्दुमा पुगेको छ ।
आज हाइड्रोपावर, म्युचल फन्ड र अन्य बाहेक सबै समूहको सेयर बढेकोमा व्यापार, माइक्रोफाइनान्स, बीमा समूहको सेयर उच्च अङ्कले उकालो लागेको छ ।
आज ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर भने साढे ५ प्रतिशतले घटेको छ ।
आज ३ सय १५ वटा कम्पनीका ८३ लाखभन्दा धेरै कित्ता सेयर ४ अर्ब ८ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको २० करोड ९२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप