काठमाडौं – आईसीसी टी–२० विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको छ । अमेरिकाको डालासमा रहेको ग्रान्ड प्रेरी क्रिकेट मैदानमा गए राति भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको हो ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सोमपाल कामीले भने यो हारबाट हतोत्साहित हुनुपर्ने अवस्था नरहेको बताएका छन् । खेलपछि उनले भने, ‘यो हारबाट दबाबमा छैनौं । जति पनि दबाब थियो, विश्वकप छनोटमा थियो । यहाँ हामी आफूलाई प्रमाणित गर्न आएका हौं । सुपर आठका लागि योग्य टोली हौं भन्ने सन्देश दिन चाहन्छौं । आज हार बेहो¥यौं तर आउँदो तीन खेलमा राम्रो गर्नेछौं ।’
अब नेपालले लिग चरणको दोस्रो खेलमा जुन १२ मा श्रीलङ्कासँग, तेस्रो जुन १५ मा दक्षिण अफ्रिका र चौथो तथा अन्तिम खेलमा जुन १७ मा बङ्गलादेशसँग खेल्नेछ ।
नेपाल रहेको समूह ‘डी’ मा दक्षिण अफ्रिका, श्रीलङ्का, नेदरल्यान्डस् र बङ्ग्लादेश रहेका छन् । टी–२० विश्वकपको फाइनल खेल जुन २९ तारिख अर्थात् असारको १५ गते हुनेछ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप