चाबहिलमा एक पुरुषले लगाए आफ्नै शरीरमा पेट्रोल छर्केर आगो, ५ जना घाइते

  • २०८१ जेष्ठ २३, बुधबार (५ महिना अघि)
  • १७५ पटक पढिएको
चाबहिलमा एक पुरुषले लगाए आफ्नै शरीरमा पेट्रोल छर्केर आगो, ५ जना घाइते

काठमाडौं– चाबहिलमा एक पुरुषले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएका छन् । आगो निभाउने क्रममा एकै परिवारका ४ सदस्य पनि घाइते भएका छन् ।

Advertisement

प्रहरीकाअनुसार घटना मंगलबार रातिको हो । घरायसी विषयमा श्रीमतीसँग विवाद भएपछि श्रीमानले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएका थिए ।

श्रीमानले शरीरमा आगो लगाएपछि निभाउन गएकी श्रीमती र तीन छोरी पनि घाइते भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइते पाँचै जनाको अहिले कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले उक्त परिवारको कसैको पनि परिचय खुलाएको छैन ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट