काठमाडौं– सेयर बजार आज सामान्य घटेको छ । सेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ५८ अङ्कले घटेर २ हजार ७९ दशमलव ७१ विन्दुमा झरेको छ ।
आज फाइनान्स, उत्पादन, माइक्रोफाइनान्स, म्युचल फन्ड बाहेक सबै समूहको सेयर घटेकोमा जीवन बीमा समूहको सेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज अपर लोहोरे खोला हाइड्रोपावर कम्पनीको सेयर साढे ५ प्रतिशतले घटेको छ । समग्रमा बजार ओरालो लागेको दिन भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर भने १० प्रतिशतले बढेको छ ।
आज ३ सय ६ वटा कम्पनीका ८० लाख ४२ हजार कित्ता सेयर ३ अर्ब ९९ करोड रुपैयाँमा कारोबार भएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप