टी–२० विश्वकप: नेपालको समूहमा रहेको श्रीलंकाको लगातार दोस्रो हार

  • २०८१ जेष्ठ २६, शनिबार (५ महिना अघि)
  • १७० पटक पढिएको
टी–२० विश्वकप: नेपालको समूहमा रहेको श्रीलंकाको लगातार दोस्रो हार

काठमाडौं– आइसिसी टी–२० विश्वकपमा नेपालको समूहमा रहेको श्रीलंकाले लगातार दोस्रो हार ब्यहोरेको छ ।

Advertisement

शनिबार बिहान डालासस्थित ग्रान्ड प्रिएरी स्टेडियममा श्रीलंका बंगलादेशसँग २ रनले पराजित भएको हो। श्रीलंका पहिलो खेलमा दक्षिण अफ्रिकासँग पराजित भएको थियो ।

बंगलादेशको भने यो पहिलो खेल हो । शनिबार श्रीलंकाले दिएको १२५ रनको लक्ष्य बंगलादेशले ८ विकेट गुमाएर १९ ओभरमा पूरा गरेको हो ।

बंगलादेशका ओपनरद्वय तान्जिड हसन ३ रनमा र सौम्य सरकार शून्यमा आउट भएपछि दबावमा परेको बंगलादेशलाई लिटन दासले केही उकासेका थिए । उनले ३८ बलमा २ चौका र १ छक्का प्रहार गरी ३६ रन बनाए ।

त्यसपछि कप्तान नजमुल हुसेन शान्तो ७ रन बनाएर आउट भए । टोहिड हृदोयले २० बलमा १ चौका र ४ छक्का प्रहार गरी ४० रनको योगदान गरे। शकिब अल हसनले ८ रन र महमुदउल्लाहले नट आउट १६ रन जोडे ।

बलिङतर्फ श्रीलंकाका नुवन थुसाराले ४ विकेट, वानिडु हसरंगाले २ तथा धनन्जय डी शिल्भा र मथिशा पाथिरनाले एक÷एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ९ विकेट गुमाएर १२४ रन बनाएको थियो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट