तराईमा केही दिन तातो हावासँगै ‘लू’ चल्ने सम्भावना

  • २०८१ जेष्ठ २७, आईतबार (५ महिना अघि)
  • १८८ पटक पढिएको
तराईमा केही दिन तातो हावासँगै ‘लू’ चल्ने सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले आउँदो केही दिनसम्म तराईमा ‘लू’ अर्थात् तातो हावाको लहर चल्ने जनाएको छ । तराईमा अझै केही दिन अत्यधिक गर्मीको सम्भावना रहने भएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको हो ।

Advertisement

विभागकी मौसमविद् विनु महर्जनले मुख्यगरी तराईका साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा गर्मी बढ्ने अनुमान गरिएको जानकारी दिइन् ।

विभागले भनेको छ, ‘तराईका भू–भागमा केही दिन तातो हावासँगै तातो लहर ’लू’ को सम्भावना रहेकाले त्यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’

मौसमविद् महर्जनका अनुसार यसअघि नेपालगञ्जमा यो वर्षको सबैभन्दा बढी ४४ दशमलव २ डिग्री र धनगढीमा ४४ दशमलव १ डिग्री तापक्रम मापन भएको थियो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट