टी–२० विश्वकप: रोमाञ्चक खेलमा भारतसँग पाकिस्तान ६ रनले पराजित

  • २०८१ जेष्ठ २८, सोमबार (५ महिना अघि)
  • १९६ पटक पढिएको
टी–२० विश्वकप:  रोमाञ्चक खेलमा भारतसँग पाकिस्तान ६ रनले पराजित

काठमाडौं– आईसीसी टी–२० विश्वकपमा समूह ए अन्तरगतको खेलमा भारतले पाकिस्तानलाई ६ रनले पराजित गरको छ । जितका लागि १ सय २० रनको लक्ष्य पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १३ रन मात्र बनाउन सक्यो ।

Advertisement

भारतको यो लगातार दोस्रो जित हो भने पाकिस्तानको लगातार दोस्रो हार । टी–२० भारतले रक्षा गरेको यो सबैभन्दा कम योगफल पनि थियो ।

पाकिस्तानका लागि मोहम्मद रिजावनले सर्वाधिक ३१ रन बनाए । उनले ४४ बलमा १ चौका र १ छक्का प्रहार गरे । इमाद वसिमले २३ बलमा १५ रन जोडे भने कप्तान बाबर आजम, उसमान खान र फखर जमानले १३–१३ रनको योगदान दिए ।

भारतका लागि जसप्रित बुमराहले ३ तथा हार्दिक पाण्ड्याले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले १९ ओभरमा सबै विकेटको क्षतिमा १ सय १९ रन बनाएको थियोे ।

खेलमा भारतले खराब सुरुवात गरेको थियो । मात्र १२ रन बनाउँदा विराट कोहली आउट भएका थिए भने १९ रनमा भारतले कप्तान रोहित शर्मालाई गुमाएको थियो ।

कोहलीले ४ रन मात्र बनाउन सके भने शर्माले १२ बलमा १३ रन बनाए । उनले १ चौका र १ छक्का प्रहार गरे । त्यसपछि ऋषभ पन्त र अक्षर पटेलले भारतको इनिङ्स सम्हाले । दुईले मिलेर ३० बलमा ३९ रन जोडे । पन्तले टोलीका लागि सर्वाधिक ४२ रन बनाए । ३१ बलको सामना गर्दै उनले ६ चौका हिर्काए ।

अक्षर पटेलले १८ बलमा २० रन जोडे । उनले २ चौका र १ छक्का प्रहार गरे । पन्तले त्यसपछि सूर्यकुमार यादवसँग २२ बलमा ३१ रनको साझेदारी गरे । तर, त्यसपछि भारतले लगातार विकेट गुमाउन पुग्यो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट