विपद् उद्धारको नमुना अभ्यास गर्ने क्रममा सशस्त्रका जवानको मृत्यु

  • २०८१ जेष्ठ २८, सोमबार (५ महिना अघि)
  • १८२ पटक पढिएको
विपद् उद्धारको नमुना अभ्यास गर्ने क्रममा सशस्त्रका जवानको मृत्यु

काठमाडौं– बझाङमा प्राकृतिक विपद्का बेला हुने उद्धारको नमुना अभ्यास गर्ने क्रममा बेहोस भएका सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा सशस्त्र प्रहरी जवान केदास्यु गाउँपालिका–७ का २९ वर्षीय नरेन्द्रसिंह धामी छन् ।

Advertisement

सोमबार बिहान जयपृथ्वीबहादुर नगरपालिका स्थित सेती नदीमा नेपाली सेनाको वीरभद्रजंग गुल्म नजिकै प्राकृतिक विपद् उद्धारसम्बन्धी नमुना अभ्यास गर्ने क्रममा धामी बेहोस भएका थिए । उपचारका लागि जिल्ला अस्पताल पु¥याइएपनि चिकित्सकले मृत घोषणा गरेको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) भरत शाहले जानकारी दिए ।

धामी सशस्त्र प्रहरीको अनआश्रित गुल्म बझाङमा कार्यरत थिए । सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रूपमा प्राकृतिक विपद्का बेला बाढीमा फसेका सर्वसाधारणको उद्धारसम्बन्धी नमुना अभ्यास गराइरहेको थियो ।

उनको के कारणले ज्यान गयो भन्नेबारे भने खुलेको छैन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट