काठमाडौं– कपिलवस्तुमा बस र जीप एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत् कपिलवस्तुको बुद्धभूमि नगरपालिक–४ झडुलामाईमा उक्त दुर्घटना भएको हो । दुर्घटनामा अन्य आठ जना घाइते भएका छन् ।
काठमाडौंबाट सुर्खेत जाँदै गरेको क. प्र. ०२–००१ ख ०५२५ नम्बरको यात्रुवाहक रात्रिबस र चन्द्रौटाबाट गोरूसिंगेतर्फ आउँदै गरेको लु १ च ९२८४ नम्बरको पिकअप जीप एकापसमा ठोक्किएका थिए ।
मंगलबार बिहान ५ः३० बजे भएको उक्त दुर्घटनामा पिकअप चालक कपिलवस्तु शिवराज नगरपालिका बस्ने हिरालाल बढईको घटना स्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक अनीश भण्डारीले बताए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप