सेयर बजार २१ सय विन्दुमाथि, साढे ५ अर्ब रुपैयाँको कारोबार

  • २०८१ जेष्ठ २९, मंगलबार (५ महिना अघि)
  • १५९ पटक पढिएको
सेयर बजार २१ सय विन्दुमाथि, साढे ५ अर्ब रुपैयाँको कारोबार

काठमाडौं– सेयर बजार आज दोहोरो अङ्कले बढेको छ । सेयर बजार परिसूचक नेप्से आज ३३ दशमलव १५ अङ्कले बढेर २ हजार १ सय १५ दशमलव २४ विन्दुमा पुगेको छ ।

Advertisement

आज सबै समूहको सेयर बढेकोमा बीमा, हाइड्रोपावर, व्यापार, विकास बैंक, माइक्रोफाइनान्स, फाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज वरुण हाइड्रोपावर, ग्रीन भेन्चर्स, कुथेली बुखारी हाइड्रोपावर र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन साम्लिङ पावर कम्पनीको सेयर भने साढे ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज ३ सय ११ वटा कम्पनीका १ करोड २६ लाख कित्ता सेयर ५ अर्ब ५५ करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको ३६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट