पूर्वन्यायाधीश गिरीलाई बलात्कार मुद्दामा ७ वर्ष कैद र ३ लाख जरिवानाको फैसला

  • २०८१ जेष्ठ २९, मंगलबार (५ महिना अघि)
  • १५३ पटक पढिएको
पूर्वन्यायाधीश गिरीलाई बलात्कार मुद्दामा ७ वर्ष कैद र ३ लाख जरिवानाको फैसला

काठमाडौं– काठमाडौं जिल्ला अदालतले पूर्वन्यायाधीश भुवन गिरीलाई जबरजस्ती करणीमा दोषी ठहर गरेको छ । न्यायाधीश दुर्गा भुसालको इजलासले गिरीलाई पूर्वश्रीमतीको सहमति बेगर शारीरिक सम्पर्क राखेको ठहर गर्दै ७ वर्ष कैद सजाय सुनाएको हो । उनलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला पनि सुनाएको छ ।

Advertisement

जिल्लाले यसअघि उनलाई जेठ १३ गते दोषी ठहर गरेको थियो । उक्त फैसलाको आइतबार सजाय निर्धारण गर्दै कैद र जरिवाना तोकेको हो । उनी सर्वोच्च अदालतको आदेशले यसअघि नै थुनामा रहेका छन् ।

सम्बन्ध विच्छेदपछि पनि पूर्वश्रीमतीलाई सहमति विना शारीरिक सम्बन्ध राखेको भन्दै उनीविरुद्ध मुद्दा दायर भएको थियो । जिल्लाले फौजदारी अभियोगमा दोषी ठहर गरेपछि उनले न्यायाधीश पदसमेत गुमाइसकेका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट