काठमाडौं– ‘लाइट स्टोन’ मा लगानी गर्ने भन्दै १० लाख रुपैयाँ सङ्कलन गरेर भागेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
दोलखाको भीमेश्वर नगरपालिकाका अम्मरबहादुर तामाङ, नुवाकोटको शिवपुरि गाउँपालिकाका दिलबहादुर दमाई र नुवाकोटकै दुप्चेश्वर नगरपालिकाका सुनिल तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
अम्मरबहादुरले फोन गरी मसँग ’लाइट स्टोन’ छ, लगानी गरेमा फाइदा हुन्छ भनी प्रलोभन देखाएर दोलखा घर भएका भीमबहादुर कार्कीलगायतको १० लाख रुपैयाँ उठाएर भागेका थिए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप