काठमाडौं– धादिङको गंगाजमुना गाउँपालिका–६ बसेरीमा रहेको बसेरी स्वास्थ्य चौकीको सामाजिक परीक्षण सम्पन्न भएको छ ।
सामाजिक परीक्षण कार्यक्रममा स्वास्थ्यचौकीले आर्थिक वर्ष २०८०÷०८१ मा प्रवाह गरेका सेवा, आर्थिक विवरण एवम् स्वास्थ्य चौकीले प्रदान गर्दै आएको सेवाप्रति सेवाग्राहीले उठाएका सवाल र सुझावहरुको विषयमा छलफल भएको छ ।
स्वास्थ्य चौकी इन्चार्ज बाबुराम दाहालले स्वास्थ्य चौकीको आन्तरिक व्यवस्थापन चुस्त हुन नसक्दा समस्या भएको बताए । यसका साथै उनले स्वास्थ्यकर्मीहरुको कार्य विभाजन गरेर काम गर्नुपर्ने बताएका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप