वाणिज्य बैंकहरूले असार महिनाका लागि घटाए ब्याजदर

  • २०८१ जेष्ठ ३२, शुक्रबार (५ महिना अघि)
  • १४५ पटक पढिएको
वाणिज्य बैंकहरूले असार महिनाका लागि घटाए ब्याजदर

काठमाडौं– वाणिज्य बैंकहरूले आगामी असारका लागि निक्षेपको ब्याजदर थप घटाएका छन् । सञ्चालनमा रहेका २० मध्ये तीन बैंकले निक्षेपको ब्याजदर बढाउँदा ११ ले भने घटाएका छन् ।

Advertisement

बैंकहरूले औसतमा ०.१२ प्रतिशत बिन्दुले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन् ।

असारमा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा न्यून ब्याजदर कृषि विकास बैंकको ५.६६६१ प्रतिशत र एभरेस्ट बैंकको ५.७५ प्रतिशत छ । कृषि विकासले एकदेखि पाँच वर्ष अवधिको मुद्दती निक्षेपमा उक्त ब्याजदर प्रस्ताव गर्दा एभरेस्टले दुई वर्ष माथिको निक्षेपमा उक्त ब्याजदर दिने भएको हो ।

हिमालयन बैंकले भने व्यक्तित मुद्दती निक्षेपको ब्याजदर जेठमा ७.५ प्रतिशत तोकेकोमा असारमा बढाएर ८.२५ प्रतिशत पु¥याएको छ । पाँचदेखि १० वर्ष अवधिको व्यक्तिगत मुद्दती निक्षेपमा बैंकले उक्त ब्याजदर दिने भएको हो ।

यस्तै ब्याजदर बढाउनेमा नबिल बैंकले ६.७५ प्रतिशतबाट ७ प्रतिशत पु¥याएको छ । उसले पाँच वर्ष माथिको व्यक्तिगत मुद्दती निक्षेपमा उक्त ब्याजदर तोकेको हो ।

माछापुच्छ«े बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा तीन वर्षभन्दा माथि अवधिका लागि ७.५ प्रतिशत ब्याजदर दिने भएको छ । जेठमा अधिकतम ५.२६ प्रतिशत रहेको ब्याजदर बैंकले बढाएको हो ।

राष्ट्रिय वाणिज्य बैंक, नेपाल एसबीआई, लक्ष्मी सनराइज, ग्लोबल आईएमई, कुमारी, प्राइम, सानिमा, सिटिजन्स, एनएमबी र एनआईसी एसिया बैंकले भने ब्याजदर घटाएका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट