नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनू: मेयर शाह

  • २०८१ अषाढ २, आईतबार (५ महिना अघि)
  • १९१ पटक पढिएको
नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनू:  मेयर शाह

काठमाडौं– काठमाडौं महानगरपालिकाको नगरसभा बैठक असार १० गतेसम्मका लागि स्थगित भएको छ ।

Advertisement

आर्थिक वर्ष २०८१÷८२ का लागि गएको जेठ ३२ गते प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न आज बोलाइएको नगरसभा बैठकमा एमाले र कांग्रेसका जनप्रतिनिधिले बहिस्कार गरेपछि बैठक स्थगित भएको हो ।

मेयर बालेन शाहले वार्षिक नीति तथा कार्यक्रममाथि बोल्न चाहने सदस्यलाई ५ मिनेटभित्र नाम टिपाउन समय दिएका थिए । तर एमाले र कांग्रेसका जनप्रतिनिधिले बैठक बहिस्कार गरेपछि स्थगित भएको हो ।

मेयर शाहले नगरसभा स्थगित भएपछि केही जनप्रतिनिधिका कारण एक सय ६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भएको टिप्पणी गरेका छन् । उनले महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा नहुने र जे हुन्छ, त्यो हरेक नागरिकले जान्न र देख्न सक्ने गरी हुने बताए ।

मेयर शाहले महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउन पनि जनप्रतिनिधिलाई आग्रह गरेका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट