काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले बिग्रदै गएको परिस्थितिलाई रोक्न नयाँ समिकरण बनाएको दावी गरेका छन् । अहिलेको सरकारबाट ठूलो अपेक्षा नरहेपनि देशलाई सकारात्मक दिशामा लैजान सकिन्छ भनेर नयाँ समिकरण बनाएको उनले बताए ।
‘अहिले नै सरकारको भविश्य बारेमा चिन्ता गर्ने बेला भएको छैन । सत्ता समिकरणमा रहेका जुनकुनै दल र नेकपा एमाले यही सरकारलाई निरन्तरता दिने पक्षमा रहेको छ’ उनले भने– ‘तर सरकार कमजोर भयो भने जनतामा निराशा बढ्छ भन्ने चिन्ता नेकपा एमालेमा छ । जनताका अपेक्षालाई सम्बोधन गरी सुशासन, सरकारको प्रभावकारीता हाम्रो अपेक्षा हो ।’
मुलुकलाई सकारात्मक दिशातर्फ अगाडि बढाउन एमालेले यही सरकारलाई निरन्तरण दिने उनले बताए । नेकपा एमाले जिल्ला कमिटि धादिङको तीन दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहको सम्बोधन गर्न धादिङबेसी आइपुगेका पोखरेलले प्रेस चौतारी नेपाल धादिङले आयोजना गरेको पत्रकार भेटघाटमा यस्तो बताएका हुन् ।
‘सरकारले राम्रो काम गरोस्, जनता अपेक्षाहरुलाई सम्बोधन गरोस्, सुशासन दिन सफल होस्, जनताका मुद्दाहरुतर्फ ध्यान केन्द्रित होस् भन्ने हाम्रो अपेक्षा हो’, उनले भने– ‘अरु कुरामा विरोध जनाउनुपर्ने र सरकार परिवर्तन गरिहाल्नुपर्ने अवस्था छैन ।’
‘नीति तथा कार्यक्रम र बजेटका माध्यमबाट सरकार जुन रुपमा प्रभावकारी ढंगले प्रस्तुत पर्नेथियो त्यसमा कमजोरी भयो कि । कमी कमजोरी भएका भएका विषयहरुलाई सच्याएर अघि नबढ्दा २०८४ सम्म जनतामा निराशा छाउने पो होकी भन्ने चिन्ता एमालेमा छ । तर अहिलेको सरकारको अर्काे विकल्पको खोजी सत्ता समिकरणमा रहेका कुनै दलले छैन’ उनले भने– ‘यसको विकल्पमा अरुको खोजी चाहि होईन, यो समिकरण काम लाग्दैन, अर्काे समिकरणको खोजी गर्नुपर्छ भन्ने खालको बुझाई होईन, सत्तामा रहेका केही राजनीतिक दलहरुको दुविधाग्रस्त मनस्थितिका अवस्थाले गर्दा स्वभाविक रुपमा चिन्ताको विषय हो ।’
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप