अजित आफैंले बोकेको राइफलले गोली हानी आत्महत्या

  • २०८१ अषाढ ५, बुधबार (१० महिना अघि)
  • २९४ पटक पढिएको
अजित आफैंले बोकेको राइफलले गोली हानी आत्महत्या

काठमाडौं– नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा नेपाल प्रहरीका एक जवानले गोली प्रहार गरेर आत्महत्या गरेका छन् ।

Advertisement

संसद् भवनमा ड्युटीमा खटिएका दोलखाको मेलुङ गाउँपालिका–४ घर भएका २२ वर्षीय प्रहरी जवान अजित गोलेले आफैंले बोेकेको इन्सास राइफलले आफैंलाई गोली हानेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौले जनाएको छ ।

निधारमा गोली प्रहार गरि आत्महत्या गरेका गोलेको शव संसद् भवनको पश्चिमतर्फको २ नम्बर गेटको बायाँतर्फ रहेको शौचालयमा फेला परेको थियो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट