काठमाडौं– नयाँ बानेश्वरस्थित संसद भवनको शौचालयमा मृत भेटिएका प्रहरी जवान अजित गोलेको शव पोष्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पताल (टिचिङ ) लगिएको छ ।
संसद् भवनमा ड्युटीमा खटिएका दोलखाको मेलुङ गाउँपालिका–४ घर भएका २२ वर्षीय प्रहरी जवान अजित गोलेले बुधबार बिहान ८ बजेतिर आफुले बोकेको इन्सास राइफलले आफ्नै निधारमा आफैंलाई गोली हानेर आत्महत्या गरेका थिए ।
मृतक गोलेको शव संसद् भवनको पश्चिमतर्फको २ नम्बर गेटको बायाँतर्फ रहेको शौचालयमा फेला परेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप