सेयर बजारमा सामान्य वृद्धि, ३ अर्ब ४० करोड रुपैयाँको कारोबार

  • २०८१ अषाढ ५, बुधबार (५ महिना अघि)
  • १८९ पटक पढिएको
सेयर बजारमा सामान्य वृद्धि, ३ अर्ब ४० करोड रुपैयाँको कारोबार

काठमाडौं– सेयर बजारमा सामान्य सुधार भएको छ । हिजो १८ दशमलव ७६ अङ्कले घटेको सेयर बजार परिसूचक नेप्से आज दुई दशमलव २७ अङ्कले बढेर दुई हजार ७८ दशमलव ७६ अङ्कमा पुगेको छ ।

Advertisement

आज बैंक, फाइनान्स, जलविद्युत, लघुवित्त, निर्जिवन विमा र अन्य समूहको सेयर बढेकोमा अन्य समूहको सेयर घटेको छ । आज फाइनान्स समूहको सेयर दुई दशमलव ६२ प्रतिशतले बढेको छ ।

आज नेपाल फाइनान्स, समाज लघुवित्त र खुटेली बुखारी जलविद्युत् कम्पनीको सेयर झन्डै १० प्रतिशतले बढेको छ । मनकामना स्मार्ट लघुवित्तको सेयर झन्डै १० प्रतिशतले नै घट्यो ।

आज तीन सय आठ वटा कम्पनीका ७२ लाख नौ हजार कित्ता सेयर तीन अर्ब ४० करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्सको २० करोड २३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट