काठमाडौं– जीबी राई मलेसियामा भएको पत्ता लागेको गृहमन्त्री रवि लामिछानेले बताएका छन् । राइलाई दर्जनभन्दा बढी सहकारी ठगी गरेको आरोप रहेको छ ।
श्री एयरलाइन्सको परीक्षण उडानका लागि भरतपुर पुगेका लामिछानेले पत्रकारसँग कुराकानी गर्दै राईको लोकेसन पत्ता लागेको लामिछानेले बताए । मन्त्री लामिछानेले राईको मलेसियास्थित लोकेसन कन्फर्म गरिएको दाबी गरे । राइलाई नेपाल ल्याउने विषयमा पहल थालिएको उनले बताए ।
राई ग्लालेक्सी टिभीको अध्यक्ष रहँदा लामिछाने प्रवन्ध निर्देशक भएर काम गरेका थिए । सहकारी ठगीको मुद्दामा राईसँगै लामिछाने पनि आलोचित छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप