काठमाडौं– सेयर बजार आज दोहोरो अङ्कले घटेको छ । सेयर बजार परिसूचक नेप्से आज १० दशमलव ४४ अङ्कले घटेर २ हजार ६८ दशमलव ३१ विन्दुमा झरेको छ ।
आज फाइनान्स र म्युचल फन्ड बाहेक सबै समूहको सेयर घटेकोमा बीमा, होटल, विकास बैंक समूहको सेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज कुथेली बुखारी हाइड्रोपावर कम्पनीको सेयर ९ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन कालिका लघुवित्त कम्पनीको सेयर भने साढे प्रतिशतभन्दा धेरैले बढेको छ ।
आज ३ सय ६ वटा कम्पनीका ८६ लाख ६३ हजार कित्ता सेयर ३ अर्ब ८७ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै माउन्टेन इनर्जी नेपाल कम्पनीको १७ करोड १४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप