काठमाडौं – आजदेखि काठमाडौंमा मेलम्चीको पानी आउन बन्द हुने भएको छ । वर्षासँगै मेलम्ची नदीमा पानीको बहाव बढेकाले आयोजनामा क्षति पुग्न सक्ने जोखिमलाई ख्याल गरेर सुरुङको मूलद्वार बन्द हुने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
अघिल्लो वर्ष पनि असार ७ गतेदेखि नै पानी रोकिएको थियो भने माघ १ गतेदेखि काठमाडौंमा पानी ल्याइएको थियो । अहिले काठमाडौंमा दैनिक झण्डै २० करोड लिटर मेलम्चीको पानी वितरण भइरहेको छ ।
मेलम्चीको पानी बन्द रहने अवधिसम्म बागमती सुधार आयोजनाअन्तर्गतको धाप ड्यामबाट पानी ल्याएर वितरण गरिने समितिले जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप