हेटौंडाबाट २ करोड ७१ लाख मूल्यको ५८ कार्टुन भेपसहित पाँच जना पक्राउ

  • २०८१ अषाढ ७, शुक्रबार (५ महिना अघि)
  • १५९ पटक पढिएको
हेटौंडाबाट २ करोड ७१ लाख मूल्यको ५८ कार्टुन भेपसहित पाँच जना पक्राउ

काठमाडौं– ५८ कार्टुन चाइनिज भेपसहित मकवानपुर प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

Advertisement

काठमाडौंबाट हेटौंडा हुँदै भारत जान लागेको ना ६ ख ७१६३ नम्बरको यात्रुवाहक बसमा २ करोड ७१ लाख मूल्य बराबरको अवैध भेप तथा भेपको फ्लेवर फेला परेको मकवानपुरका एसपी सिताराम रिजालले जानकारी दिए ।

रिजालको कमाण्डमा खटिएको बागमती प्रदेश प्रहरी कार्यालय सहितको संयुक्त टोलीले बिहीबार साँझ हेटौंडा–११ थाना भ¥याङबाट भेप फेला पारेको हो ।

बस चालक दोलखा भिमेश्वर नगरपालिका–२ का ३७ वर्षीय सलाम मोक्तान, सहचालक उदयपुर कटारी नगरपालिका–११ का २७ वर्षीय प्रविन्द्र राना, नुवाकोट दुप्चेश्वर गाउँपालिका–७ घर भएका ३९ वर्षीय इन्द्रबहादुर दर्जी, सोही ठाउँका ३० वर्षीय सन्तोष भुसाल र धनकुटा बेलका नगरपालिका वडा नम्बर–१६ का २९ वर्षीय राजकुमार हिमाङलाई प्रहरीले पक्राउ गरेको छ ।

बसमा भारत जाने यात्रुसमेत रहेको र बस भारत–नेपाल ओहोरदोहोर गर्ने नभई भेप तस्करीकै लागि भाडामा लिएर प्रयोग गरेको अनुसन्धानबाट खुलेको एसपी रिजालले बताए ।

एक महिनालाई बस भाडामा लिएर नेपाल, भारत र अन्य देशका यात्रुहरूलाई भारत घुमाउने भन्दै नेपालस्थित भारतीय दूतावासबाट ५ असारमा मात्रै रोड पर्मिट लिएको खुलेको एसपी रिजालले जानकारी दिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट