काठमाडौं– बागमती प्रदेश सभाको आजको बैठक पनि सूचना टाँस गरेर स्थगित गरिएको छ । निर्धारित समयभन्दा दुई घण्टा ढिलासम्म पनि बैठक सुरु हुन नसकेपछि बैठक सूचना टाँस गरेर स्थगित गरिएको हो ।
बिहीबारको बैठकमा प्रतिपक्षी दलहरूले अवरोध गरेपछि आज शुक्रबार बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो । तर, दलहरूबीच बजेटको विषयलाई लिएर सहमति हुन नसकेपछि आजको बैठक पनि स्थगित गरिएको हो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप