काठमाडौं– देशका विभिन्न आठ ठाउँमा यस वर्ष अहिलेसम्मकै बढी तापक्रम मापन गरिएको छ ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको देशभरका तापमापन स्टेशनमध्ये ८ वटा स्टेशनमा अहिलेसम्मकै उच्च तापक्रम मापन भएको विभागका मौसमविद् सुदर्शन हुमागाँईले जानकारी दिएका छन् ।
उनका अनुसार भक्तपुरको चाँगुनारायण, काठमाडौंको कीर्तिपुर, सुनसरीको धरान, बाराको करैयामाई, खोटाङको दिक्तेल, सिन्धुपाल्चोकको चौतारा, जुम्ला, बैतडीको पाटन र कैलालीको टीकापुरमा अहिलेसम्मकै उच्च तापक्रम मापन भएको हो ।
यस्तै, काठमाडौंमा यस वर्ष २५ वर्षयताकै गर्मी भएको छ । यस वर्ष देशका धेरैजसो ठाउँमा उच्च तापक्रम धेरै दिन रहँदा अत्यधिक गर्मी महसुस भएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप