काठमाडौं– नेपाल पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।
कार्यतालिका अनुसार असार १० गते बिहान १० बजेसम्म मतदाता नामावलीमाथी दाबी विरोध गर्न समय निर्धारण गरिएको छ । असार १२ गते अपरान्ह चार बजे मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।
यस्तै, असार १३ गते बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता, १३ गते साँझ ८ बजे नामावली प्रकाशन, १३ गते साँझदेखि असार १५ गते बिहान १० बजेसम्म उम्मेदवारमाथी दाबी विरोधको कार्यतालिका रहेको निर्वाचन समितिका संयोजक प्रा. चिरञ्जीवी खनालले जानकारी दिए ।
उम्मेदवारको मनोनयनपत्र फिर्ता लिने कार्यक्रम असार १५ गते बिहान ११ बजेसम्म रहेको छ भने उम्मेदवारको अन्तिम नामावली प्रकाशन असार १५ गते दिउँसो २ बजे हुनेछ ।
असार २२ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ भने मतदान सकिए लगत्तै मतगणना कार्य सुरु हुने जनाइएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप