टी–२० विश्वकप: अफगानिस्तानले अस्ट्रेलियालाई हराएपछि समूह ए को खेल रोमाञ्चक बन्दै

  • २०८१ अषाढ ९, आईतबार (५ महिना अघि)
  • १८८ पटक पढिएको
टी–२० विश्वकप: अफगानिस्तानले अस्ट्रेलियालाई हराएपछि समूह ए को खेल रोमाञ्चक बन्दै

काठमाडौं– अफगानिस्तानले अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा अस्ट्रेलियालाई पहिलो पटक हराएको छ । आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत ’सुपर–आठ’ को समूह ’एक’ को आज दोस्रो खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २१ रनले हराएको हो ।

Advertisement

अहिलेसम्म टी–२० विश्वकपमा दुवै टोलीबीच दुई पटक भेट भएको छ । यसअघि सन् २०२२ को विश्वकपमा अस्ट्रेलियाले अफगानिस्तानलाई चार रनले हराएको थियो । आजको जितसँगै समूह ’एक’ को अङ्क तालिका रोमाञ्चक बनेको छ । समूह ’एक’ मा भारत दुई खेलमा चार अङ्कसहित शीर्ष स्थानमा छ । अफगानिस्तान र अस्ट्रेलियाको समान दुई अङ्क रहेको छ ।

समूहमा अब भोलि बेलुका सवा ८ बजे भारत र अस्ट्रेलियाबीच खेल हुनेछ भने अफगानिस्तान र बङ्गलादेशबीच पर्सि मङ्गलवार बिहान सवा ६ बजे खेल हुनेछ ।

बाँकी खेलमा भारतले अस्ट्रेलियालाई र अफगानिस्तानले बङ्गलादेशलाई हराएमा अफगानिस्तान विश्वकपको सेमिफाइनलमा प्रवेश गर्नेछ । यसअघि ’सुपर–आठ’ को खेलमा अफगानिस्तान भारतसँग ४७ रनले पराजित भएको थियो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट