काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गर्ने निर्णय गरेको छ ।
स्रोतका अनुसार उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्ने तयारी छ । अर्याल विरुद्ध आधा दर्जन मुद्दामा अख्तियारले अनुसन्धान गरिरहेको छ ।
टेरामक्स प्रविधि खरिद प्रकरण र सेक्युरिटी प्रिन्टिङका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसँग संचार सचिव हुँदा समेत आर्थिक लेनदेन गरेको आरोपमा अर्यालविरुद्ध अनुसन्धान जारी छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप