काठमाडौं– बलिउड अभिनेत्री सोनाक्षी सिन्हा र अभिनेता जहीर इकबालले विवाह गरेका छन् । उनीहरुले मुम्बई बान्द्रास्थित आफ्नो अपार्टमेन्टमा विवाह गरेका हुन् ।
सोनाक्षी र जहीरको परिवारले हिन्दु र मुस्लिम रितिरिवाज अनुसार विवाह नगर्ने निर्णय गरेपनि उनीहरूले कानुनी विवाह गरेका छन् ।
विवाह दर्ता गरेपछि उनीहरूले आइतबार राति मुम्बईको वर्लीमा रिसेप्शन आयोजना गरेका थिए ।