मकवानपुरमा जंगली च्याउ खाँदा ३ जनाको मृत्यु, १९ जना बिरामी

  • २०८१ अषाढ ११, मंगलबार (५ महिना अघि)
  • १८३ पटक पढिएको
मकवानपुरमा जंगली च्याउ खाँदा ३ जनाको मृत्यु, १९ जना बिरामी

काठमाडौं– जंगली च्याउ खाँदा मकवानपुरमा एक सातामा ३ जनाको मृत्यु भएको छ ।

Advertisement

विषालु जंगली च्याउलाई तरकारी बनाएर खाँदा असार ३ गते यता मकवानपुरको राक्सिराङ गाउँपालिका, कैलाश गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाको १९ जना बिरामी भएका थिए । जसमध्ये तीन जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

कैलाश गाउँपालिका–९ नामटारका विनोद लामालगायत परिवारका सदस्यले जंगली च्याउ खाँदा बिरामी परेका उनको छोरा ४ वर्षीय दिपेश लामाको मृत्यु भएको छ । हेटौंडा अस्पतालबाट थप उपचारका लागि चितवन लगिएका लामालाई परिवारले आफू खुशी घर लगेकोमा बाटोमै मृत्यु भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

कैलाश–९ नामटारकी २५ वर्षीया निरुमाया रुम्बाको पनि मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । यसैगरी राक्सिराङ गाउँपालिका–७ दुगुवाङ बस्ने ५५ वर्षीय बलबहादुर प्रजाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको चितवनस्थित भरतपुर अस्पतालमा उपचार भएको थियो । मृतक प्रजाको परिवारका अन्य चार जनाको अस्पतालमा उपचार जारी छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट