एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जुलाईको पहिलो साता रुस भ्रमणमा जाने भएका छन् । भ्रमणका क्रममा प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच वार्ता हुने बीबीसी हिन्दीले जनाएको छ ।
रुसको सरकारी समाचार एजेन्सी आरआईएका अनुसार रुसी राष्ट्रपतिका सहायक युरी उसाकोभले मोदीको भ्रमणको तयारी भइरहेको र दुवै पक्षले चाँडै मिति घोषणा गर्ने बताएका छन् । मोदी सन् २०१९ पछि पहिलो पटक रूस भ्रमणमा जाने तयारी गरिरहेका छन् ।
युक्रेनमा रुसले गरेको आक्रमणपछि मोदीले पहिलो पटक रुसी भूमिमा पाइला राख्नेछन् । पुटिन भने यसअघि सन् २०२१ मा भारत र रुसबीचको शिखर सम्मेलनमा सहभागी हुन भारत आएका थिए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।