काठमाडौं– स्रोत नखुलेको २० लाख नगदसहित एक जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका– १२ ब्रम्हटोलस्थित प्रतिक इन्टरप्राइजेजबाट एक जना भारतीय नागरिकलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।
पक्राउ पर्नेमा भारतको बिहार मोतिहारी घर भई ब्रम्हटोल बस्ने ३८ वर्षीय निरन्जन कुमार छन् ।
गैरकानुनी रूपमा आर्थिक कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा मंगलबार खटिएको परिसरको टोलीले उनको अफिसको कोठाबाट २० लाख ४० हजार नगद बरामद गरेको हो ।
उनीमाथि थप अनुसन्धान गर्नेक्रममा प्रहरीले क्रिप्टोकरेन्सी बाइनान्समा समेत लगानी गरेको खुलेको थियो । बाइनान्समार्फत ६ करोड २६ लाख ६९ हजार ९४७ रुपैयाँको कारोबार गरेको भेटिएको हो ।
उनीमाथि थप अनुसन्धान भइरहेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।