पाकिस्तानमा गर्मीका कारण ५ सय भन्दा धेरैको मृत्यु

  • २०८१ अषाढ १३, बिहिबार (४ महिना अघि)
  • १९० पटक पढिएको
पाकिस्तानमा गर्मीका कारण ५ सय भन्दा धेरैको मृत्यु

एजेन्सी– बढ्दो गर्मीका कारण पछिल्लो ६ दिनमा पाकिस्तानमा ५ सयभन्दा धेरैको ज्यान गएको छ । जसमा सबैभन्दा धेरै दक्षिणी क्षेत्रका नागरिक प्रभावित भएका छन् ।

Advertisement

स्थानीय ईधी एम्बुलेन्स सेवाका अनुसार कराँची सहरमा रहेको शवगृहमा दैनिक ३० देखि ४० जनाको शव ल्याउने गरेको छ । पछिल्लो ६ दिनमा उनीहरूले झन्डै पाँच सय ६८ शव सङ्कलन गरेका बीबीसीले जनाएको छ ।

अस्ति मंगलवार एकैदिन एक सय ४१ जनाको शव ल्याइएको थियो ।

गर्मी बढेसँगै ज्यान गुमाउनेको सङ्ख्या पनि बढेको छ । कराँचीको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । कराँचीमा अत्यधिक गर्मीसँगै बिजुली कटौतीको समस्या रहँदा झन समस्यामा परेका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट