काठमाडौं– गण्डकीका सांसद फणीन्द्र देवकोटालाई संसद् प्रवेशमा रोक लगाइएको छ । संसद् भवन पुगेका देवकोटालाई लवि कक्षमा प्रवेश अघि नै मर्यादा पालकले रोकेका हुन् । देवकोटाले संसद् सचिवालयलाई पहिले नै आफू आएको जानकारी गराए पनि सहजीकरण नगरिएको बताएका छन् ।
गण्डकी प्रेदश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल चलिरहेको छ । संसदमा बजेटमाथि सांसदहरुले आ–आफ्ना धारणा राखिरहेका छन् ।
संसद बैठकमा सहभागी हुन बिहीबार प्रदेश सभा सदस्य फणिन्द्र देवकोटा प्रदेश सभा पुगेका थिए । सर्वोच्च अदालतले सोमबार दिएको अन्तरिम आदेशअनुसार आफू संसद बैठकमा भाग लिन आएको देवकोटाले जानकारी गराएका थिए ।
नेकपा (माओवादी केन्द्र) ले गण्डकी मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएको भन्दै देवकोटालाई कारबाही गरेको थियो । यसका विरुद्ध अदालत पुगेका देवकोटालाई सांसदका रुपमा काम गर्न दिन सर्वोच्चले सोमबार अन्तरिम आदेश दिएको थियो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप