पेरुमा ७.२ म्याग्नीच्यूडको भूकम्प, ३ मिटरसम्मको छाल आउन सक्ने चेतावनी

  • २०८१ अषाढ १४, शुक्रबार (५ महिना अघि)
  • १६५ पटक पढिएको
पेरुमा ७.२ म्याग्नीच्यूडको भूकम्प, ३ मिटरसम्मको छाल आउन सक्ने चेतावनी

एजेन्सी– पेरुको मध्य तटीय क्षेत्रमा आज ७.२ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भे (युएसजिएस) ले जनाएको छ ।

Advertisement

युएसजिएसका अनुसार अतिकिपा जिल्लाबाट ८.८ किलोमिटरको दुरी (१५.९० डिग्री अक्षांश र ७४.३५ डिग्री देशान्तर) मा ३० किलोमिटरको गहिराइमा भूकम्पको केन्द्रबिन्दु रहेको जनाएको छ ।

‘प्यासिफिक सुनामी वार्निङ सेन्टर’ ले भूकम्पका कारण ‘केही तटमा तीन मिटरसम्मको छाल आउन सक्ने’ चेतावनी दिएको छ ।

भूकम्प प्रभावित क्षेत्रको थप विवरण सङ्कलन भइरहेको पेरुका सरकारी अधिकारीहरूले जनाएका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट