लद्दाखमा बाढीमा परेर ५ जना भारतीय सैनिकको मृत्यु

  • २०८१ अषाढ १५, शनिबार (३ महिना अघि)
  • ११२ पटक पढिएको
लद्दाखमा बाढीमा परेर ५ जना भारतीय सैनिकको मृत्यु

काठमाडौं– भारतको केन्द्र शासित प्रदेश लद्दाखमा ‘एलएसी’ अर्थात् वास्तविक नियन्त्रण रेखा नजिक नदीमा अचानक बाढी आउँदा ५ जना भारतीय सैनिकको ज्यान गएको छ ।

Advertisement

लद्दाख नजिक दौलत बेग ओल्डी क्षेत्रमा बाढी आउँदा पाँच जना सैनिकको डुबेर ज्यान गएको सेनाका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ । सैनिकहरू ट्याङ्कसँग अभ्यास गर्ने क्रममा नदी तर्दै गर्दा आज पानीको सतह अचानक बढेको थियो ।

ट्याङ्कमा एक जुनियर कमिसन्ड अफिसर (जेसीओ) र चार जना जवान रहेका थिए । उद्धार टोली तुरुन्तै घटनास्थलमा पुगे पनि पानीको सतह बढेका कारण ट्याङ्का रहेका सैनिकलाई बचाउन नसकिएको खबरमा उल्लेख छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट