काठमाडौं– ललितपुरको लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित ४ जना पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंले आज पत्रकार सम्मेलन गर्दै उनीहरूलाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा लालीगुराँस सहकारीका अध्यक्ष अमरदास श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र भण्डारी, कोषाध्यक्ष अमृतकुमार अर्याल र सञ्चालक सदस्य कदमबाबा जोशी प्रधान रहेका छन् ।
पत्रकार सम्मेलनमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले उनीहरूले सहकारी संस्था खोली सर्वसाधारणलाई आकर्षक ब्याज दिने आशा देखाई बचतकर्ताको निक्षेप अपचलन गरी ठगी गरेको बताए ।
लालीगुराँस सहकारी संस्थाका सञ्चालक र लेखा समितिविरुद्ध ३ करोड रुपैयाँ ठगी गरेको जाहेरी परेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप