सेयर बजार दोहोरो अङ्कले घट्यो

  • २०८१ अषाढ १६, आईतबार (४ महिना अघि)
  • १०४ पटक पढिएको
सेयर बजार दोहोरो अङ्कले घट्यो

काठमाडौं– आज सेयर बजार दोहोरो अङ्कले घटेको छ । सेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ८३ अङ्कले घटेर २ हजार ३७ दशमलव ०९ विन्दुमा झरेको छ ।

Advertisement

आज फाइनान्स र उत्पादन बाहेक सबै समूहको सेयर घटेकोमा माइक्रोफाइनान्स, बीमा, विकास बैंक समूहको सेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज मनकामना लघुवित्त कम्पनीको सेयर ९ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन मुक्तिनाथ कृषि कम्पनीको सेयर भने ७ प्रतिशतले बढेको छ ।

आज ३ सय २० वटा कम्पनीका ९१ लाख ७८ हजार कित्ता सेयर ३ अर्ब ६० करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनीको १२ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट