काठमाडौं– प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८१ बहुमतले पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले सो विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।
सभामुख देवराज घिमिरेले विधेयकलाई निर्णयार्थ पेश गर्दा बहुमतले पारित भएको छ । यो विधेयकमाथि नेपाली कांग्रेसका ४ सांसद र नेमकिपाका सांसद प्रेम सुवालले संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए । उनीहरूको प्रस्तावलाई बहुमत सदस्यले अस्वीकार गरेका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप