एकीकृत समाजवादीको महाधिवेशनमा बन्दसत्र सुरु

  • २०८१ अषाढ १७, सोमबार (४ महिना अघि)
  • ७८ पटक पढिएको
एकीकृत समाजवादीको महाधिवेशनमा बन्दसत्र सुरु

काठमाडौं– नेकपा एकीकृत समाजवादीको १० औं राष्ट्रिय महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु भएको छ । प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने बन्दसत्रमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधान संशोधन प्रस्ताव र साङ्गठनिक प्रतिवेदनमा छलफल हुने पार्टीले जनाएको छ । यी दस्तावेज पारित भएपछि नयाँ नेतृत्व चयन प्रक्रिया सुरु हुनेछ ।

Advertisement

महाधिवेशनले २१ पदाधिकारीसहित दुई सय ९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । अध्यक्षका लागि वर्तमान अध्यक्ष माधवकुमार नेपालसँग महासचिव घनश्याम भुसालले पनि दाबी गर्ने तयारी गरेका छन् ।

सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको नेताहरूले बताएका छन् । झन्डै तीन वर्षअघि एमालेबाट अलग भएर गठन भएको एकीकृत समाजवादीको महाधिवेशन हिजोदेखि काठमाडौंमा सुरु भएको हो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट